# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २३ गते मंगलबार । बाँकेको नेपालगञ्जमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ८२ पुगेको छ ।
आज नेपालगञ्ज–८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
Featured News

Comments