Loading...
Logo
Image

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, बैशाख २३ गते मंगलबार । बाँकेको नेपालगञ्जमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ८२ पुगेको छ ।

आज नेपालगञ्ज–८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Comments