लकडाउन कम्तिमा १ साता लम्ब्याउने तयारी, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै
मेरो अनलाइन
काठमाडौं, बैशाख २४ गते बुधबार । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भनिएपनि केही समय ढिलो गरेर मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिइसकेको छ । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन लम्ब्याउने तयारी भएको मन्त्रिपरिषद स्रोतले बतायो ।
लकडाउन केही खुकुलो बनाउने तयारी भैरहदा कोरोना संक्रमितको संख्या निरन्तर बढेसंगै लकडाउन बढाउन लगिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ ।

Comments