Loading...
Logo
Image

कोरोना भाइरसका कारण अमेरिकामा मात्र ७४ हजार भन्दा बढीको मृत्‍यु, १२ लाख ६३ हजार संक्रमित

मेरो अनलाइन 

काठमाडौं, बैशाख २५ गते बिहीबार । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ७४ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेपनी दैनिक करिव २ हजारको हाराहारिमा मानिसको मृत्‍यु भैरहेको छ । त्यहां १२  लाख ६३ हजार भन्दा बढी संक्रमित हुँदा २ लाख १३ हजार १ सय ९ जना निको भएका छन् । 
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित मानिसको संख्या ३८ लाख ४९ हजार ४६ पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर २ लाख ९५ हजार ९ सय ८ जनाको मृत्यु भैसकेको छ ।

बेलायतमा २ लाख भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये ३० हजार बढीको मृत्यु भएको छ । पछील्लो समय बेलायतमा मृत्‍यु हुनेको संख्या तिब्र रुपमा बढेसंगै इटली भन्दा मृत्‍यु हुनेको संख्या बढि भएको हो ।

इटलीमा २९ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ भने स्पेनमा २६ हजार ७० जनाको मृत्यु भएको छ । 
फ्रान्समा २५ हजार ८ सय ९ जनाको मृत्य भएको छ । 

अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये १३ लाख १७ हजार ९२ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments