- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख २५ गते बिहीबार । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ७४ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेपनी दैनिक करिव २ हजारको हाराहारिमा मानिसको मृत्यु भैरहेको छ । त्यहां १२ लाख ६३ हजार भन्दा बढी संक्रमित हुँदा २ लाख १३ हजार १ सय ९ जना निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित मानिसको संख्या ३८ लाख ४९ हजार ४६ पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर २ लाख ९५ हजार ९ सय ८ जनाको मृत्यु भैसकेको छ ।
बेलायतमा २ लाख भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये ३० हजार बढीको मृत्यु भएको छ । पछील्लो समय बेलायतमा मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेसंगै इटली भन्दा मृत्यु हुनेको संख्या बढि भएको हो ।
इटलीमा २९ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ भने स्पेनमा २६ हजार ७० जनाको मृत्यु भएको छ ।
फ्रान्समा २५ हजार ८ सय ९ जनाको मृत्य भएको छ ।
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये १३ लाख १७ हजार ९२ जना उपचारपछि घर फर्किसकेका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments