Loading...
Logo
Image

आजदेखि सङ्घीय संसदको बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं, बैशाख २६ गते शुक्रबार । आजदेखि सङ्घीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

संयुक्त रुपमा बस्ने बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

अधिवेशनका लागि सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश गराउने ब्यवस्था गरिएको छ । 

चालू अधिवेशनमा सरकारका वार्षिक कार्यक्रम पेससँगै जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ ।

कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए-नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ ।

Comments