Loading...
Logo
Image

काठमाडौंका सरकारी कार्यालय आइतबारबाट सञ्चालन हुने

मेरो अनलाइन 

काठमाडौं, बैशाख २७ गते शनिबार । लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले अधिकांश क्षेत्रका सेवा सन्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी गरेको हो ।
 
कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको बताइएको छ । सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही समय लाग्ने छ ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । 

बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

Comments