Loading...
Logo
Image

मङ्गलबारदेखि सेयर बजार कारोबार शुरु हुने

काठमाडौं, बैशाख २७ गते शनिबार । लामो समय शेयर बजार बन्द गर्न नहुने भन्दै आगामी मंगलबारदेखि शेयर बजार खुल्ने भएको छ । चैत १० गतेदेखि बन्द भएको बजार मंगलबारदेखि खोल्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो।

बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मङ्गलबारदेखि दैनिक ११ः०० देखि १ः०० बजेसम्म सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ । दैनिक दुई घण्टाको कारोबार गर्दा सुरुको कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

बोर्डले सकेसम्म अनलाइनबाट कारोबार गराउन निर्देशनमा भनेको छ। 

Comments