- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २७ गते शनिबार । आइतबारदेखि काठमाडौंमा चल्ने सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् ।
आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन समय कार्ड लागू हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन समय हेरेर मात्र चलाउन पाइने भएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।
सरकारी कार्यालयका कर्मचारीहरू कार्यालय जान बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
एक तिहाइ कर्मचारी मात्र कार्यालयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले उनीहरुलाई सरकारी कार्यालय प्रवेशका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको हो ।
एसएसपी ढकालका अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।
औषधि र खानेपानीको सवारी साधानलाई भने समय तोकिएको छैन ।

Comments