- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ ।
चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।
सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।
सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । उनीहरूले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।
चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् । ६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ ।
हालै हुवावेले फाइभ जी स्टेसनका लागि चाहिने उपकरणहरू याक र चौंरीबाट ढुवानी गरिरहेको भिडियो सार्वजनिक गरेको थियो ।
सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।
चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् । उनीहरूले १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८.१३ मिटर र २००५ मा आठ हजार ८४४.४३ मिटर रहेको उल्लेख गरेका छन् ।
भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिएको छ ।
सन् १९९९ मा अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर रहेको निष्कर्ष निकालेको थियो । त्यसलाई नेपालले स्वीकार नगरेपछि सन् २००५ तिर चिनियाँ नापीको टोलीले सगरमाथाको उचाइ आठ हजार आठ सय ४४ मिटर रहेको र त्यसमा हिउँको उचाइ चार मिटरजति रहेको निष्कर्ष निकालेको थियो । सन् २०१० तिर फेरि सगरमाथाको उचाइ पुनः आठ हजार आठ सय ४८ मिटर नै हो भन्ने सहमति जुटाइयो ।
सन् २०१५ (वि.सं. २०७२) मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्कियो तर हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments