Loading...
Logo
Image

कोरोनाको भ्याक्सिन आउन अढाइ बर्ष लाग्न सक्छ

काठमाडौं, बैशाख ३१ गते बुधबार । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भ्याक्सीन संसारको पूरै जनसंख्यालाई पुग्ने गरी तयार गर्न अढाइ वर्ष लाग्न सक्ने बताएको छ । 

संगठनको कोभिड–१९ का लागि विशेष दूत डेविड नाबारोले यस्तो बताएका बीबीसीले उल्लेख गरेको छ ।

‘सुरक्षित र प्रभावकारी भ्याक्सीन विकास गर्नका लागि कम्तीमा १८ महिना लाग्न सक्छ । हामीलाई यस्ता कैयौं भ्याक्सीनको आवश्यकता पर्छ । त्यसपछि भ्याक्सीनको म्यानुफ्याक्चरिङ गर्न र संसारको ७ दशमलव ८ अर्ब जनसंख्यामा पुर्याउन थप एक वर्ष लाग्छ । 

नाबारो लण्डनस्थित इम्पेरियल कलेजमा ग्लोबल हेल्थका प्रोफेसर पनि हुन् । उनले भने, ‘मानिसहरूले बुझ्नुपर्छ, अझै पनि यस्ता केही भाइरस छन् जुका लागि पछिल्ला केहीवर्षदेखि सुरक्षित भ्याक्सीन बनाउन सकिएको छैन ।’ 

स्रोत: Shilapatra

Comments