- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ २ गते शुक्रबार । कोरोना भाइरसका कारण राेजगारी गुमाएकाहरूलाई सरकारले रोजगारी दिने भएकाे छ । बेरोजगार युवालाई पूर्वाधार, उद्योग र निर्माण क्षेत्रमा परिचालन गरिने सरकारले जनाएकाे छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा जानेहरू पनि फर्किने अवस्थामा उनीहरूलाई स्थानीय पूर्वाधार, साना मझौला उद्योग, निर्माण क्षेत्रमा परिचालन गरिने बताएकी हुन्।
सीपयुक्त र दक्ष श्रमिक अभावको समस्या सम्बोधन गर्न प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का सबै कार्यक्रमलाई एकीकृत रूपमा परिचालन गरिने उनले बताइन् । सबै स्थानीय तहमा घुम्ती तालिम सञ्चालन गरिने र विदेशमा सीप सिकेर फर्केका युवालाई उद्यम व्यवसाय सुरू गर्न सुरुवाती पुँजी उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Comments