- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सिन्धुपाल्चोक, जेठ ३ गते शनिबार । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ।
शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो।
सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ। ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो। उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ।
सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ। ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टिनमा राखी स्वाब संकलन गरिने समितिको बैठकले निर्णय गरेको छ। साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ। ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो। रासस

Comments