# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ४ गते आइतबार। बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या २ पुगेको हो ।
शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भई युवकको मृत्यु भएपछि नरैनापुर क्वारेन्टाइनमा त्रास छाएको छ ।
नरैनापुरस्थित क्वारेन्टाइनमा आइतबार २५ वर्षीय युवाको मृत्यु भएको हो । रोजगारीका लागि भारतको मुम्बइ गएका उनी गत वैशाख ३० गते नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए ।
Featured News

Comments