- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ५ गते सोमबार । आज एकैपटक ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।
आज एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।
मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटा भने 'आज बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरी कुल ४७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उहाँहरूको भेरी अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । '
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Comments