# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ५ गते सोमबार । लिम्पियाधुरा समेटेको नेपालको नयाँ नक्सा मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको नक्सा स्वीकृत गरेको हो ।
भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेश गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो ।
हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा हस्तक्षेप गरी भारतले तिब्बतको मानसरोबर जाने सडक निर्माण गरेपछि नेपालको लिम्पियाधुरासहितको नक्सा जारी गर्न दबाब परेको थियो ।
नेपालको संविधानको धारा ९ को उपधारा २ अनुसार अनुुसूची ३ मा संशोधन गरी निशान छाप सच्याउने बाटो खुला भएको छ ।
Featured News

Comments