- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ६ गते मंगलबार । कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ ।
मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड - १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकल जर्नलमा प्रकाशित गरेको हो ।
खोप विकासमा लागेको म्यासाच्युसेटकाे क्याम्ब्रिजमा रहेको मोडिरिना कम्पनी विश्वमा कोभिड १९ विरुद्धको खोप निर्माणमा लागेका आठ कम्पनी मध्येको एक हो ।
याे कम्पनीले दर्जनौँ व्यक्तिलाई खोप लगाएको र त्यसमध्ये आठ जनामा एन्टिबडी मापन गरिएकोमा आठै जनामा भाइरसले पैदा गर्ने एन्टिबडीलाई कोराना सङ्क्रमणबाट निको भएका व्यक्तिको शरीरमा रहेको एन्टिबडीको स्तरमा रहने गरी निष्कृय बनाएको पाइएको थियो । यो सफलतालाई वैज्ञानिकहरूले ठूलो कामको संज्ञा दिएका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments