- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ६ गते मंगलबार। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
भूगोल सानो ठूलोको आधारमा राष्ट्रियता ठूलो सानो नहुने उनले बताए । कुनै कुनै देशको भूगोल सानो ठूलो हुने वा विकासमा अघि वा पछि हुनसक्छ तर राष्ट्रियता प्रयोग बराबर हुने भन्दै उनले सानो देशले पनि स्वाधीनता र विश्वमा आफ्ना नीति तय गर्न पाउनुपर्ने बताए । उनले राणा शासनपछिकाे जस्ताे एक देशको सेना अर्काे देशको सिमानामा राखेर राष्ट्रियता कमजोर हुने स्वाधीनताको परिकल्पना गर्न नसक्ने बताए । साथै सरकार ‘जानै जान लाग्या थियो, राजदुतले अडायो’ भन्ने हल्ला गर्नेहरूका लागि यो सरकार नबनेको बताउँदै 'यो सरकारले जनताले बनाएको हो, कुनै देशले ढाल्ने कल्पना नगरे हुन्छ' भन्दै चेतावनी समेत दिए ।
'वर्तमान सरकारको तर्फबाट म यस गरिमामय सदनलाई अवगत गराउन चाहन्छु कि अब लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय ओझेल पर्न वा सेलाउन दिइने छैन । यसको निष्कर्ष निकालिन्छ । हाम्रो भूभाग हामी फिर्ता लिएर छोड्छौँ,' उनले भने, 'भारतले हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ । कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरिनेछ र यो भूमि फिर्ता ल्याइनेछ ।'
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकाले कोही रिसाउँछ कि भनेर डर मान्नुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । उनले मन्त्रिपरिषद् बैठकबाट नेपाली भूभाग समेटेर नक्सा पारित भइसकेको र केही दिनभित्र प्रकाशित हुने पनि जानकारी दिए ।
नेपाली भूभाग फिर्ता ल्याउने सरकारको निर्णयका बारेमा तथाकथित् राष्ट्रवाद भनी टिप्पणी गरिएको उल्लेख गर्दै उनले भने, 'तथाकथित् राष्ट्रवाद भनेर नामकरण गरियो । विशेषण दिइएको पनि सुनियो । म साथीहरूलाई आग्रह गर्न चाहन्छु,' उनले भने, 'नेपालजस्तो देशले जो दुईवटा ठूला बलिया देशहरूको बीचमा छ । यस्तो देशले तथाकथित् राष्ट्रवादको बाटो, देखावाला राष्ट्रवादको बाटो अथवा लम्पसारवादको बाटो राष्ट्रवाद नहुने बाटो हाे र यस्ताे बाटाे समाउन हुँदैन ।'

Comments