- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ८ गते बिहीबार । बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएसंगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी अन्त्य हुन निकै लामो समय लाग्ने बताएको छ।
कोरोना भाइरसको संक्रमण झनझन् बढेकाे भन्दै कोरोना भाइरसको महामारी अन्त्य हुन निकै समय लाग्ने देखिएको डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन्।
‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा१ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘झण्डै दुईतिहाइ केस त मात्रै चार देशका हुन्।’
उनका अनुसार पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएको छ।
विश्वभर दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएकाे डब्लूएचओले जनाएकाे छ।
अझ विज्ञहरूले धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेका कारण संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेका छन्।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments