- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ८ गते बिहीबार । नेपालमा ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न भएको र २७ / २८ प्रतिशत कुल ग्राहस्थ उत्पादन कृषि क्षेत्रबाटै प्राप्त हुने हुनाले यो क्षेत्रको ठूलो महत्व छ । अहिले हरेक कुरा अफ्ट्यारोमा परेको बेला कोरोना भाइरस ( कोभिड १९) का कारण कृषि क्षेत्र पनि अछुतो छैन । यो क्षेत्र पनि अहिले निकै अप्ठ्यारो अवस्थामा छ । यो समयमा कृषिलाई महत्त्व दिई अगाडि बढाउनुपर्ने हुन्छ । यो कठिन समयलाई चुनौतीका रुपमा मात्रै नलिई कृषि क्षेत्रमा पहिले भएका कमी कमजोरीलाई सुधार्दै ,आउँदा दिनमा ठुलो अवसरका रुपमा लिदै, भविष्यमा आउन सक्ने यस्ता विपत्तीमा पुर्व तयारी गर्न गर्दै अगाडी बढ्नुपर्ने अवस्था छ । कोरोनाका कारण सृजित यो अवस्थामा कृषि क्षेत्रलाई अगाडी बढाई भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने, दिगो कृषिको प्रबर्द्धन गर्दै विपन्न र सिमान्तकृत परिवारहरुलाई खाद्य अधिकार, उन्नत पोषण लगायतका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्रत्याभूत गर्न योजना तथा कार्यक्रमहरु लागु गर्नुपर्ने देखिन्छ ।
वर्तमान नेपालको कृषि उत्पादन आत्मनिर्भर नभई परनिर्भर छ । गत वर्ष मात्र नेपालले दुई खर्ब भन्दा बढीको खाद्य सामग्री विदेशबाट आयात गरेको तथ्यांक छ । यसरी निर्यात गर्नुको पछाडि थुप्रै कारणहरु छन् । जसमध्ये भूमिको असमान वितरणले गर्दा वास्तविक किसानको हातमा खेती गर्ने जमिन नहुनु, युवा जनशक्ति कृषिबाट पलायन भइ वैदेशिक रोजगारीमा जानु, शहरतिर बसाईसराई बढनु, ग्रामीण क्षेत्रमा बुढाबुढी मात्र रहनु र काम गर्ने जनशक्ति नहुँदा भएको खेतबारी पनि बाँझो रहनु नै मुख्य कारणहरु हुन । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न ल्याइएका कार्यक्रमहरु अनुदानको लागि केही टाठाबाठाले भित्राउनु, सही कृषकहरूको पहुँच नहुनु र अनुदानबाट सञ्चालन भएका यस्ता कार्यक्रमहरु निरन्तरता नहुनु, अनुदान पाउने समयसम्मको लागि मात्र देखान काम गर्ने र त्यसपछी बन्द हुने गरेका छन् । यसले गर्दा आम किसानमा काम गर्न जागर मरेको छ । कृषिमा धेरै अनुसन्धान हुन नसक्नु र भएका अनुसन्धानहरु पनि कागजमा सिमित, कृषि प्रविधीको पँहुच कृषकका सामु पुग्न नसक्नु, परम्परागत खेतीगर्दा अन्य क्षेत्रभन्दा तुलनात्मक लाभ कम हुनु, पेशागत सम्मान नहुनु इत्यादि कारणले गर्दा कृषि क्षेत्रको विकास नभई हेलाको पेशा भएको छ । संकट पर्दा मात्र कृषि क्षेत्रको आवश्यकता महसुस गर्ने तर सामान्य अवस्थामा यसतर्फ महत्व नदिने हाम्रो सामाजिक संस्कारले पनि कृषिक्षेत्र कहिल्यै माथी उठन सकेन । त्यसकारण यो पेशालाई मर्यादित पेशाको रुपमा आम मानिसको आकर्षण बढाउन जरुरी देखिन्छ ।
अहिले कोरोन भाइसरको डर र त्रासले भएको लकडाउनका कारण तरकारी खेती, कुखुरा पालन माछापालन दुग्ध उत्पादक किसान लगायत सबै किसानलाई आफ्नो उत्पादन बिक्री वितरण गर्न कठिन परेको छ । बजारको सहि व्यवस्थापन नहुँदा करोडौंको लगानी खेर गइरहेको छ । यसरी घाटा खाएका कृषकहरुलाई पुनः यस क्षेत्रमा फर्काउनको लागि केही राहतका कार्यक्रमहरु आवश्यक देखिन्छ । कृषिलाई व्यावसायिक र जिबकोर्पाजनमुखीमा वर्गीकरण गरी सो अनुसार किसानलाई उचित अनुदान, बिमा, संरक्षण र प्राविधिक सेवाको व्यवस्था गर्नुपर्छ । यसका अलावा मूल्य श्रृंखलामा आधारित बजारीकरण, उत्पादनको विशिष्टिकरण, खाद्यान्नको उत्पादन र उपयोगमा विविधिकरण गर्न जरूरी देखिन्छ । यसको साथै स्वच्छ उत्पादन, जैविक उत्पादन प्रविधिहरू, असल कृषि अभ्यासमा आधारित भएर उत्पादन गर्न उत्पादनकर्तालाई प्रोत्साहित गर्ने नीति ल्याउनुपर्ने देखिन्छ । तब मात्र यो पेशामा आम मानिसको आकर्षण बढ्न गैइ विकासको बाटोमा जान्छ। अन्यथा आजकोभन्दा पनि तल झर्न गैइ हामी यो भन्दा पनि बढी आयात गर्नुपर्ने अवस्थामा पुग्न सक्छौ । त्यसकारण सरकारले बैलैमा सोचेर अगाडी बढ्न पर्नेहुन्छ ।
वैदेशिक रोजगारमा गएका करिब ६० लाख जनता मध्ये अब यो महामारीका कारण बेरोजगार भैइ कम्तिमा पनि २०/२५ लाख नेपाली स्वदेश फर्कदै छन् । यहि स्वदेशको अनौपचारिक क्षेत्रमा काम गर्ने करिब ४० लाख मानिस पनि बेरोजगार भएका छन् । यसरी फर्केका र यहाँ स्वदेशमा बेरोजगार भएका उनीहरुलाई जीवनयापनको लागि नेपालमै स्वरोजगार गराई रोजगारीको व्यवस्था गर्नुपर्ने अबको प्रमुख चुनौती हुनेछ । जसको सहि क्षेत्र भनेको कृषि हो । यसमा व्यवस्थापन गर्न सकियो भने दुई तरिकाले सफलता मिल्न सक्छ । एकातिर बेरोजगारको व्यवस्थापन हुन्छ भने अर्को तिर भोकमरीको कमि हुन जान्छ । यसको लागि सरकारले कृषि क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ ।
त्यसैले अब सरकारले कृषि क्षेत्रलाई महत्व दिई राष्ट्रिय बजेटको कम्तिमा पनि २५ प्रतिशत विनियोजन गरी देशमा ठूल्ठूला कृषि कार्यक्रमहरु अघि सार्नुपर्ने हुन्छ । कृषि विकास रणनीति, योजना तथा कार्यक्रमलाई अल्पकालिन, मध्य कालिन र दिर्घकालिन गरी तीन चरणका कार्यक्रमहरु लागू गर्नु पर्दछ । अल्पकालिन कार्यक्रमलाई कोरोनाको कारण असर पुगेका निकै अप्ठ्यारोमा रहेका साना तथा मझौला किसान र कृषि मजदूरको आर्थिक उत्थानमा केन्द्रित गर्दा साना उनीहरूकोे खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ । त्यस्तै मध्यकालिन योजनामा एक दुई वर्षमा पूरा गरि लाभ दिने खालका कार्यक्रम ल्याई अगाडी बढाउनु पर्नेहुन्छ । यस्ता कार्यममा विदेशबाट केही सीप र कमाई ल्याएका मानिसलाई प्रयोगमा ल्याई थोरै पुजि लगाई अगाडी बढाउनु पर्ने हुन्छ । दीर्घ कालिन योजनाका लागि अलि राम्रोसँग सोच बिचार गरि विज्ञहरुसंग छलफल गरि त्यहाँबाट निस्किएको राय सुझाव अबलम्ब गरि पछिसम्म हुने खालका योजनाहरु बनाई अगाडी बढ्नुपर्नेछ ।
(लेखक नेपाल डेरी एसोशियसनका महासचिब हुनुहुन्छ)


Comments